Rule 2
४ नाम दर्ताको निर्णय, दर्ता नवीकरण र दर्ता किताब
ः (१) ऐनको दफा १५ बमोजिम
परिषदले नाम दर्ता गर्ने निर्णय गरेको फार्मेसी व्यवसायीको नाम रजिष्ट्रारले अनुसूची–४
बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी त्यस्तो फार्मेसी व्यवसायीलाई अनुसूची–५
बमोजिमको ढाँचामा नाम दर्ता प्रमाणपत्र दिनेछ ।
(२) कुनै गैर नेपाली फार्मेसी व्यवसायीले नेपाल अधिराज्यभित्रको कुनै संस्थामा
फार्मेसी व्यवसाय गर्नको लागि दर्ता किताबमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
(३) गैर नेपाली फार्मेसी व्यवसायीले परिषदले तोकेको अवधिभर परिषदले
तोकेको हदसम्मको मात्र फार्मेसी व्यवसाय गर्न पाउनेछ ।
(४) उपनियम (२) बमोजिम गैर नेपाली फार्मेसी व्यवसायीको नाम दर्ता गर्दा
नेपाल अधिराज्यमा बढीमा दुई वर्षको लागि फार्मेसी व्यवसाय गर्न पाउने गरी परिषदमा
नाम दर्ता गर्ने निर्णय गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम अवधि तोकी नाम दर्ता गराएको गैर नेपाली
फार्मेसी व्यवसायीले आफ्नो नाम दर्ताको नवीकरण गराउन चाहेमा निजको नाम दर्ताको
अवधि समाप्त हुनुभन्दा कम्तीमा पैँतीस दिन अगावै दर्ता नवीकरणको लागि अनुसूची–१
मा ताकेबमोजिमको दस्तुर सहित परिषदमा दरखास्त दिनु पर्नेछ र त्यस्तो दरखास्त
परेपछि परिषदले आवश्यक देखेमा एकपटकमा एक वर्षमा नबढ्ने गरी निजको नाम दर्ता
नवीकरण गर्ने निर्णय गर्न सक्नेछ ।
(६) दर्तावाला गैर नेपाली फार्मेसी व्यवसायीको नाम दर्ताको म्याद समाप्त
हुनुभन्दा पैँतीस दिन अगावै निजले दर्ता नवीकरणको लागि परिषद समक्ष दरखास्त
नदिएमा वा नाम दर्ता वा दर्ता नवीकरणको म्याद समाप्त नभएकै अवस्थामा पनि निज
कार्यरत संस्थामा निजको सेवा अवधि समाप्त भएमा वा निजले त्यस्तो संस्थामा काम
गर्न छाडेमा निजको नाम दर्ता स्वतः खारेज भएको मानिनेछ ।
(७) उपनियम (६) बमोजिम दर्ता खारेज भएमा तिरिसकेको नाम दर्ता वा दर्ता
नवीकरण दस्तुर फिर्ता हुनेछैन ।
(८) गैर नेपाली फार्मेसी व्यवसायीको नाम दर्ता र दर्ता नवीकरण सम्बन्धी अन्य
व्यवस्था परिषदले तोके बमोजिम हुनेछ ।